तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लाफाटा निकुञ्जद्वारा चार महिनामा ५२ जनाविरुद्ध मुद्दा दर्ता

कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षको चार महिनामा वन्यजन्तु र काठ तस्करीका ५२ जना विरुद्ध मुद्दा चलाएको छ ।

वन्यजन्तु चोरी सिकारी अपराधमा ३१ जना विरुद्ध मुद्दा र काठ चोरी तस्करीमा २१ जना विरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।

चालु आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्मको तथ्याङ्क हेर्दा वन्यजन्तु सिकार गर्ने व्यक्ति र काठ तस्करी गर्ने अपराधी गिरोहको संख्याम वृद्धि भएको प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताउनु भएको छ ।

पछिल्लो समय कोरोनाका कारण बेरोजगारी बढेपछि छिटो पैसा कमाउने उद्देश्यले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तु सिकार र काठ तस्करीलगायतका आपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिहरूको वृद्धि भएको उहाँको भनाई छ ।

चोरी सिकार र काठ तस्करी नियन्त्रणका लागि निकुञ्ज प्रशासन र नेपाली सेना संयुक्त रूपमा लागि परेका कारण ठुलो सङ्ख्यामा आपराधिक गिरोह नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न सकिएको र आउँदा दिनमा पनि अझै कडाइका साथ निकुञ्जको सुरक्षामा लागिने प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button