हालसम्म १५७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौँ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको उद्धार कार्य जारी छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईका अनुसार २०७५ साल पुसदेखि हालसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती र सुत्केरी १ सय ५७ जना महिलाको हवाई उद्धार गरिसकिएको छ ।
रेडियो नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबीच रेडियो नेपालबाट हरेक दिन सन्देशमूलक सामग्री प्रसारण गर्न आज सम्झौता हुँदा राष्ट्रपति महिला उत्थान समन्वय इकाईका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुङ्गानाले सो जानकारी दिनुभयो ।
मन्त्रालय अन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, लंगिक हिंसा, मानव बेचबिखन, बाल अधिकार र एसिड आक्रमणसँग सम्बन्धित सन्देशमूलक सामग्री सम्झौता अनुसार रेडियो नेपालबाट प्रसारण गरिने छ ।
सम्झौतामा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रपति महिला उत्थान समन्वय इकाईका प्रमुख महिला विकास अधिकृत अञ्जु ढुङ्गानाले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्