ट्रम्पको सेना फिर्ता गर्ने निर्णय : रिपब्लिकन भित्रै असुन्तुष्टि

न्युयोर्क । इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई लिएर रिपब्लिकन पार्टीको बरिष्ठ नेताहरुले नै असुन्तुष्टि व्यक्त गरेका छन् ।
ट्रम्पका निकट समर्थक एवं सिनेटका बरिष्ठ नेता मिच मक्नेलले यो निर्णय आफैमा गलत भएको उल्लेख गर्नु भएको छ ।मक्नेलसहित अन्य कैयौँ वरिष्ठ रिपब्लिकनले पनि सेना फिर्तीबारे चासो व्यक्त गरेका छन्।
इराक र अफगानस्तानमा तैनाथ सैनिक मध्ये दुई हजार पाँच सय जनालाई फिर्ता बोलाउने निर्णए भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका थिए ।
नेता म्याकोनेले अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोड्ने बेलामा कुनै पनि दुरगामी प्रभाव पार्ने गरी विदेश मामिला र सुरक्षा नीतिमा परिर्वतन नर्गन चेतावनी समेत दिनुभएको विविसीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्