तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको छः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको बताउनुभएको छ ।

नेवार समुदायले विशेष रुपमा मनाउँदै आएको किजा पर्वका अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको मौलिक पर्वका रुपमा रहेको किजा पर्वले परस्पर एकता, सद्भाव र विश्वास जागृत गर्ने विश्वास गर्नुभएको छ ।

साथै, प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै किजा पर्व मनाउन विशेष आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले किजा पर्वका अवसरमा व्यक्त गर्नुभएको शुभकामना

प्रतिक्रिया राख्नुहोस्

Back to top button