तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडमा हिमपात

डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तडमा यसवर्ष कार्तिक मसान्तमै हिमपात भएको छ । कार्तिकको अन्तिम दिन गएराती खप्तडमा हिमपात भएको हो ।

यसवर्षको पहिलो हिमपातले खप्तडको दृश्य मनोरम देखिएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताउनुभयो ।

गएराती सुदूरपश्चिमको मौसममा आंशिक बदली आएर हल्का पानी परेको थियो । सोही क्रममा खप्तडमा हिमपात भएको हो । राती हिउँ परेपनि बिहानैदेखी भने वातावरण सफा छ ।

गतवर्ष यसभन्दा अगाडीको समयमै हिउँ परेको होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का बताउनुभयो । उहाँका अनुसार खप्तडमा चिसो बढे वा पानी परे असोजको अन्तिमबाट हिउँ पर्न शुरु हुन्छ । यद्यपी यो सिजनमा परेका हिउँ जम्दैन् । मंसिर १५ पछि परेको हिउँ मात्र जम्छ ।

हिउँ पर्दाको खप्तड पनि पर्यटनका लागि उत्तिकै मनमोहक हुने पर्यटन व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button