तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्रीद्धारा होचो भूभाग कचनकवल र चन्द्रगढी विमानस्थलको निरिक्षण

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको अवलोकन गर्नुभएको छ ।

कचनकवलको स्थलगत अनुगमन गर्नुहुँदै उहाँले यस क्षेत्रको विकासमा सघाउन सरकार सधैं तयार रहेको बताउनुभयो ।

समुन्द्र सतहबाट ५८ मिटरको उचाइमा रहेको सो स्थानको शनिबार अवलोकन गर्दै मन्त्री भट्टराईले यस क्षेत्रलाई पयर्टकीय गन्तव्य बनाउन र थप विकास तथा संरक्षणका लागि सरकारको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

भारतको शिहारसँग दक्षिणी सिमाना जोडिएको आदिवासी, मधशी र सिमान्तकृत गन्धर्व जातिको बसोवास रहेको कचनकवलमा ठूला होटल नभएको हुँदा पर्यटकलाई बस्नका लागि व्यवस्थित घरबास (होमस्टे) सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।

प्रदेश–१ का प्रदेशसभा सदस्य बसन्त बानियाँले कचनकवलमा बन्दै गरेको झिल, रिङरोड, धार्मिक पर्यटकीयस्थल किच्चकबधलगायतका पर्यटन प्रवद्र्धनका गुरुयोजनाका बारेमा मन्त्री भट्टराईलाई जानकारी गराउनुभएको थियो ।

गृहजिल्ला ताप्लेजुङबाट चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं फर्कनुअघि मन्त्री भट्टराईले विमानस्थलको पनि अवलोकन गर्नुभएको थियो ।

विमानस्थल निरीक्षणका क्रममा मन्त्री भट्टराईले क्षेत्रफल बढाएर स्तरोन्नति गर्न आसपासमा रहेका जग्गा अधिग्रहण गर्न मन्त्रालयले बजेटको व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button