तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ४७ कोरोना संक्रमित सिकिस्त

नेपालगञ्ज । बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्या बढ्दै गएको छ । अहिले ४७ जना सिकिस्त विरामीको जिल्लाका दुई वटा अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ३५ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १२ जना गम्भीर प्रकृतिका विरामीको उपचार भइरहेको छ । त्यस्तै दुवै अस्पतालमा ४२ जना मध्यम र ८ जना सामान्य अवस्थाका विरामीको उपचार भइरहेको छ ।

यसैगरी जिल्लाका विभिन्न पालिकाहरुमा २ सय ५ जना होम आइसोलेसनमा बसिरहेका छन् । बाँकेका हालसम्म ३ हजार ५ सय ७६ जना संक्रमित हुँदा ३ हजार २ सय ६९ जना निको भएका छन् । ३६ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button