बँदेलको मासुसहित तीन जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित वन्यजन्तु बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज वीरेन्द्रनगर–४, मुलपानी चोकमा चाडपर्व लक्षित सवारी चेकजाँचका क्रममा कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्वरको फोर्स हाईस गाडीको छतबाट ५ वटा बोरामा लुकाई छिपाई राखिएको १५२.५७ किलो जंगली जनावर बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गाडी चालक जिल्लाकै बराहतताल गाउँपालिका–८,का २७ वर्षीय अर्जुन गौतम, वीरेन्द्रनगर नगरपालिका–४, का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८, का ३५ वर्षीय दिपेन्द्रराज गिरी रहेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिनु भयो ।
उहाँले बँदेलको मासु, फोर्स हाईससहित तीनै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाईएको बताउनु भयो ।
यता डिभिजन वन कार्यालयका सहायक वन अधिकृत टेकबहादुर रावलले पक्राउ परेका माथि आवश्यक अनुसन्धान तहकिकात शुरु भईसकेकाले बँदेलको मासु प्रमाणित भएमा वन ऐन २०७६ अनुसार कारवाही हुने जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्