एक जीप अवैध मदिरा प्रहरीद्वारा नष्ट
अछाम । अवैध तथा न्यून गुणस्तरको मदिरा नियन्त्रणमा अछाम प्रहरी सक्रिय बन्दै गैरहेको छ । गत साउन देखि हाल सम्म करिब २० हजार लिटर न्यून गुणस्तर तथा अवैध मदिरा बरामद गरी नष्ट गरेको अछाम प्रहरीले पछिल्लो समय जीपबाटै न्यून गुणस्तरको मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी मेल्लेखबाट खटि गएको प्रहरी टोलीले जिपबाटै न्युनगुणस्तरको मदिरा बरामद गरेर नष्ट पारेको हो । प्रहरी टोलीले साँफेबगरबाट कुस्कोट जाँदै गरेको सुदुरपश्चिम प्रदेश १०० ज १२२३ र सेती १ ज १०३३ नम्बरको जिपमा लैजाँदै गरेको अबस्थामा प्रहरीले १ सय ५३ लिटर न्युन गुणस्तरको मदिरा बरामद गरेको हो ।
त्यसैगरी प्रहरीले टोलिले मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्धेवासिनी स्थित स्थानीय बजारमा चेकजाँच गर्दा तयारी घरेलु मदिरा १० लिटर समेत बरामद गरेको छ ।
बरामद गरिएको न्युनगुणस्तर र अवैध मदिरा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा लगाएत सरोकारवाला सबैको रोहबारमा नष्ट पारिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनु भयो ।








प्रतिक्रिया राख्नुहोस्