तपाईँ सुन्दै हुनुहुन्छः

१३ महिनादेखि तलब नपाउँदा कामदार पीडित

बैतडी । बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा कार्यरत लेन्थ वर्करहरुले विगत १३ महिना देखि तलव नपाउदा पीडित भएका छन् ।

दशैँ र तिहारमा समेत लामो समय देखिको तलब नपाएपछि दशैँ र तिहार मनाउन नपाएको पीडित कामदारहरुको गुनासो छ ।

आफुले पटक पटक भौतिक पूर्वाधार विकास मन्त्रालय, मूख्य मन्त्रिको कार्यालय र संघीय सांसद समक्ष तलब उपलब्ध गराउन माग गरे पनि कहीँ कतैवाट सुनुवाई नभएको पीडित जयराम भूलले बताउनुभयो ।

तर २०७७ साल बैशाख १ गतेदेखि संघीय सडक अन्तरगत रहेको पाटन पञ्चेश्वर ६५ किमी सडकखण्ड सुदुरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण भएकाले लेन्थ वर्करहरुको तलब भत्ता प्रदेश सरकारले उपलब्ध नगराएको जिल्ला पूर्वाधार कार्यालय बैतडीका प्रमुख जगत जोशीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button