तपाईँ सुन्दै हुनुहुन्छः

बस दुर्घटनामा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध

बैतडी । बैतडीको खोडपेमा बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा शुक्रबार पवनदूत अटो मेनेजमेन्ट प्रालिले जनही ५० हजारका दरले किरिया खर्च उपलब्ध गराएको हो ।

बैतडीको पाटन नगरपालिका–८ खोडपेस्थित दशरथ चन्द राजमार्गमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाउने सबैको परिवारलाई किरिया खर्च दिइएको पवनदूत अटो मेनेजमेन्ट प्रालिका प्रबन्धक बिरेन्द्र बहादुर शाहले बताउनुभयो ।

अटो मेनेजमेन्ट प्रालिको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा परी ३४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले मृतकका परिवारलाई पवनदुत अटो मेनेजमेन्ट प्रालिले किरिया खर्च उपलब्ध गराएको पुष्टि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button