सावधानी अपनाएर घर-घरमै चाडपर्व मनाउन मुख्यमन्त्रीको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उच्च सावधानी अपनाएर घर(घरमै चाडपर्व मनाउन प्रदेशवासीमा आग्रह गर्नु भएको छ ।
शुभ दीपावली २०७७ को अवसरमा आज एक शुभकामना सन्देश दिनु हुँदै मुख्यमन्त्री भट्टले कोरोना महामारीले उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई पर्याप्त सावधानीका साथ पर्व मनाउन अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले आपसी सद्भाव र भातृत्वको प्रतीकको रूपमा रहेको यस पर्वले सम्पूर्ण प्रदेशवासीलाई एकताको सूत्रमा बाँधेर सामाजिक एकता कायम गर्न सघाउ पुर्याउन सकोस् भन्ने कामना समेत गर्नु भएको छ ।
उहाँले प्रदेशवासी दाजुभाइ दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु(स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्