सभामुख सापकोटाद्वारा भवन शिलान्यास
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपालको वनलाई अब उद्योगकै रुपमा अघि बढाउनुपर्ने बताउनु भएको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ ठोकर्पामा निर्माण गर्न लागिएको सामुदायिक वन अध्ययन केन्द्रको प्रशासनिक भवनको शिलान्यासका क्रममा सभामुख सापकोटाले सामुदायिक वनको उद्गम स्थलको रुपमा रहेको सिन्धुपाल्चोकको ठोकर्पाको वन विश्वकै पहिलो अवधारणाको रूपमा रहेको बताउनुभयो ।
दुई हेक्टर जमिनमा निर्माण गरिने अध्ययन केन्द्रमा प्रशासनिक भवन, सभा भवन, पुस्तकालय, चमेनागृह, छात्रावास, कर्मचारी आवासगृह, तालिम भवन, भण्डार गृह तथा पार्किङ स्थल सहित १५ वटा भवन निर्माण गरिनेछ ।
उक्त केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरका अध्ययनकर्ता, विश्वविद्यालय तथा महाविद्यालयका विद्यार्थी, वैज्ञानिक तथा सामान्य अवलोकनकर्ता सबैका लागि सुविधा उपलब्ध हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्