चार कठ्ठामा लगाईएको बाली अज्ञात समुुहद्वारा नष्ट

बारा । बाराको जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.११ स्थित सिस्वनीयामा चार कठ्ठामा लगाईएको बाली अज्ञात समुुहले काटेर नष्ट गरेको छ । किसान राजेश यादवको करिब ४ कठ्ठा खेतमा लगाइएको काउली र गोलभेडाको बिरुवा हिजो राती नष्ट हुुँदा उनी मर्कामा परेका छन् ।
जग्गाको आलीको बिषयमा भएको बिवादका कारण सोहि वडाका सुनिल यादवले गएराती सबै उखेलेर फालेको पीडित किसानका श्रीमती राजकुुमारी यादवले आरोप लगाउनुुभयो । हिजो बेलुका जग्गाको बिषयमा सामान्य झैझगडा तथा बोलचाली हुदा सोही वडाका सुनिल यादवले यस्तो दुष्कर्म गरेको हुुन सक्ने गरेको पीडित किसानकि पत्नी राजकुुमारीले दुुखेसो गर्नुुभयो ।
क्षतिको स्थलगत निरीक्षण गर्न पुगेका सोही वडाका अध्यक्ष बिनोद यादवसहित फत्तेपुर प्रहरी चौकीका प्रहरी तथा स्थानीयले सो कार्य अति नै निन्दनिय भएको बताएका छन । करिब १५ सय बिरुवा उखेलेर फालिएको जनाइएको छ । सो बिरुवाको सामान्य हिसाब गर्दा करिब ५ लाख बराबरको क्षती भएको किसानको अनुमान छ ।










प्रतिक्रिया राख्नुहोस्