लुम्बिनी प्रदेश रोजगार पोर्टल आजबाट संचालनमा
रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोगले लुम्बिनी प्रदेश रोजगार पोर्टल आजबाट संचालन गरेको छ ।
प्रदेशभित्र बेरोजगार रहेका व्यक्तिहरुको छनोट गरी रोजगार पोर्टलमा क्षमताको आधारमा फाराम भरिसकेका व्यक्तिहरुको पहिचान गरी व्यवस्थापन गर्न सकिने अपेक्षा आयोगको छ । निवेदकले गर्नसक्ने क्षमताको मूल्यांकन गरी त्यसको आधारमा फारम भर्ने व्यतिmहरुलाई प्रदेश सरकारले रोजगारी व्यवस्थापनमा सहज पुर्याउन रोजगार पोर्टल खोलिएको आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले जानकारी दिनुभयो ।
बेरोजगार व्यक्तिको निवेदन र रोजगारदाताको निवेदनलाई यो पोर्टलबाट समाधान गर्न सकिने अपेक्षा उहाँको छ । निवेदनका आधारमा प्रदेशभित्र रहेका ठूलाठूला, कम्पनीहरु इटा कारखाना, सिमेन्ट उद्योगलगायत विभिन्न उद्योगहरुसग प्रदेश सरकारले सहकार्य गरी क्षमताका आधारमा व्यवस्थापन गर्न सहयोग पुग्ने आयोग उपाध्यक्ष गौतमले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के सिले रोजगार पोर्टलमा प्रदेशको जुनसुकै क्षेत्रबाट पनि निवेदन दिन सकिने भएकाले सबैको पहुँचमा हुने बताउनुभयो ।
यसबाट प्रदेशभित्र वास्तविक बेरोजगारको संख्या पहिचान भएमा सरकारलाई रोजगारको व्यवस्थापन गर्न सजिलो हुने मन्त्री केसीले बताउनुभयो । मन्त्रीहरु लिला गिरी, बैजनाथ चौधरीले पोर्टलको महत्वका विषयमा प्रकाश पार्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्