आगलागी हुँदा १५ लाख मुल्य बरावरको क्षति
सप्तरी । सप्तरीमा बालबालिकाले पटाका तथा अन्य विष्फोटक पदार्थहरु पड्काउदा आगलागी हुँदा १५ लाख मुल्य बरावरको क्षति भएको छ ।
पटाकाकै कारणले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा न.–३ तरहीस्थित मुखिया टोलमा भएको आगलागीमा झण्डै १५ लाखको क्षति भएको हो ।
डाक्नेश्वरी नगरपालिका वडा न. ३ तरहीका बतही देवी मुखियाको घरबाट अचानक सुरु भएको आगो छिमेकी राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर र घरमा रहेको सम्पुर्ण सरसामान जलेको सो मुल्य वरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।
यता आगलागीले राजकुमारको मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेको छ । यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख ५० हजार, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख ७० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासिन्दा, प्रहरी र वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको सप्तरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्