पाल्पामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

पाल्पा । पाल्पामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बिहिबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका एक जना, रामपुर नगरपालिका तीन जना, रिब्दीकोटगाउँपालिका एक जना, निस्दी गाउँपालिका दुई जना, तानसेन नगरपालिका र बिभिन्न अस्पतालहरुका गरी आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा कोरोना सङ्क्रमित हुनेको संख्या एक हजार तीन सय २६ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सङ्क्रमितमध्ये सात जना महिला र आठ जना पुरुष रहेका छन् ।
पाल्पामा हालसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने एक हजार ९४ जना कोरोना निको भएर घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्