तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री निवास बालुवाटारमा बन्यो अत्याधुनिक हेलिप्याड

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिनुभएको जानकारी अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य सम्पन्न भएको हो ।

यो हेलिप्याड नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको प्राविधिक सहयोगमा नेपाल आर्मीले तयार पारेको हो ।

हेलिप्याड निर्माण भएसँगै बालुवाटारबाट विमानस्थल आउजाउ गर्ने क्रममा हुने ट्राफिक जाम हट्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

निमार्ण कार्य सकिएसँगै उक्त हेलिप्याडबाट प्रधानमन्त्री ओली बुधबार पहिलो उडान गरी नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जानुभएको थियो भने साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button