तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा दाजुभाईको मृत्यु

नेपालगञ्ज। बाँकेमा मोटरसाइकल दुर्घटनामा दाजुभाईको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

गएराति करिव १० बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत् बाँकेको मुगुवा खोला नजिकै राजमार्गमा रोकिराखेको ना. ३ ख. ६३९ नम्बरको ट्रकमा ना. ५५ प. ९७५६ को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button