बाँकेमा ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज ४४ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २३ पुरुष र २१ महिला छन् । डिष्चार्ज हुनेमा ६ वर्षीय बालकदेखि ८० वर्षीय वृद्ध पनि छन् ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.४९ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ६२ जना छन् । बाँकेमा हालसम्म ३ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्