तपाईँ सुन्दै हुनुहुन्छः

थप २५६९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

काठमाडौं । देशभर आज थप दुई हजार पाँच सय ६९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकोे जानकारी अनुसार आज थप दुई हजार पाँच सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख दुई हजार तीन सय २९ पुगेको छ ।

त्यस्तै देशभरका सस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार छ सय ६६ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा थप २६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार एक सय ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button