पाल्पामा थप २२ जना कोरोना पुष्टि, कुल सङ्क्रमितको संख्या १३११ पुग्यो
पाल्पा । पाल्पामा थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिकाका दुई रामपुर नगरपालिका तीन जना, तानसेन नगरपालिका र बिभिन्न अस्पतालहरुका गरी २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पाल्पामा सङ्क्रमित हुनेको संख्या एक हजार तीन सय ११ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सङ्क्रमितमध्ये १५ महिला र सात जना पुरुष रहेका छन् । पाल्पामा हालसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने एक हजार ९४ जना कोरोना निको भएर घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्