ज्येष्ठ नागरिक निःशुल्क उपचार कोष स्थापना
काठमाडौँ । विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ ।
ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको घोषणा गरेको हो ।
कोष स्थापनाको शुभारम्भ गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गर्नुभयो ।
नेपाली काँगे्रसको नेता समेत रहनुभएका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहनुभएकाले अस्पताल यो सेवा शुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्