जुम्लाका दुई स्थानीय तहका ४५ विद्यालय खुले
जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये दुई स्थानीय तहमा विद्यालय खुलेका छन् । कोरोना भाईरसका कारण गत चैत ११ गतेयता जुम्लाका १ सय ७० वटा विद्यालय पुर्ण रुपमा बन्द भएका छन् ।
तीमध्ये तिला गाउँपालिकाका २७ र पातारासी गाउँपालिकाका १८ गरी ४५ वटा विद्यालय भने करिब ८ महिनापछि सञ्चालन भएका हुन् । अन्य ६ स्थानीय तहका १ सय २५ विद्यालय कहिले खुल्ने टुंगो छैन् ।
तर यहाँका तिला र पातारासी गाउँपालिकाले भने गाउँ शिक्षा समितिको बैठक अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै गत आईतबारदेखि विद्यालय सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो ।
उहाँका अनुसार एक महिना पहिले भएको निर्णय अनुसार पालिकाका सबै विद्यालयमा सुरक्षा मापदण्ड अपनाएर खोलिएको छ ।
यता तिला गाउँपालिकाले विद्यालय खुलाई अध्ययन नियमित रुपमा सूचारु गरेको छ । गाउँपालिकाले कोरोनाको कारण शैक्षिक क्षेत्र धरापमा परेको भन्दै आईतवार देखी पढाई शुरु गरेको हो ।
गाउँपालिकाले दुई सिप्टमा विद्यालयमा पढाई शुरु गर्ने भन्दै पढाई सुचारु भएको तिला गाउँपालिका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले जानकारी दिनभयो ।
तिला गाउँपालिकाको आधारभुत विद्यालय नाभिडाडाले ५० प्रतिशत विद्यार्थी विद्यालयमा आएका जनाएको छ । प्रधानाध्यापक मानबहादुर शाहीका अनुसार पहिलो दिन भएकाले केही विद्यार्थी कम हुदै आएका जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्