तपाईँ सुन्दै हुनुहुन्छः

वीपी प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी २ का ४२ बर्षीय पुरुष रहेका छन् ।

उनको आज दिउँसो १२ः३० मा प्रतिष्ठानको कोभिड अस्तपालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले पुष्टि गरे ।

उनका अनुसार मृतकलाई कार्तिक १४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button