भरुवा बन्दुक र लागुऔषधसहित ४ जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध र भरुवा बन्दुकसहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको भिमाद नगरपालिका २ बन्दिछाप सिमलबोट बस्ने वर्ष ६० को टुक बहादुर थापाले अवैध रुपमा हातहतियार साथमा लिई हिंडी रहेको भन्ने गोप्य सुचनाको आधारमा सोमबार भरुवा बन्दुक हातमा लिई हिडँडुल गरिरहेको अवस्थामा उनलाई एक नाले भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो विषयमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
त्यस्तै सोमबार जिल्लाको शुक्लागण्डकी–२ हलेदी स्थितमा लागुऔषध कारोवार गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको प्रहरी टोलिले शुक्लागण्डकी–२ शेरा बस्ने वर्ष ३० को मनोज क्षेत्रीलाई पक्राउ गरेको छ ।
त्यस्तै गोरखाको साबिक आरूपोखरीथोक गाविस ४ स्थायी घर भई हाल शुक्लागण्डकी–५ बस्ने वर्ष ३० को रबि गुरूङ र व्यास–४ दमौली बस्ने वर्ष २१ का सन्तोष गुरूङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनिहरूको साथबाट डाईजेपाम, नुर्फिन, फेनेरागन गरी कुल २८६ वटा एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उक्त घटनामा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
यस्तै सोमबार जिल्लाको व्यास–१० डिगाउँ स्थित लक्ष्मी परियारको घरमा सोही स्थान बस्ने ३० वर्षीय मनोज सुनारले अबैध रूपमा शिशौको काठ राखेको सुचनाका आधारमा प्रहरी टोली खटी लक्ष्मी परियारको घर गोठ खानतलासी गर्दाअबैध रूपमा राखिएको शिशौको एघार थान चिरूवा फेन्टा १९.०४ क्युफिट काठ बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त काठ डिभिजन वन कार्यालय दमौली तनहुँमा बुझाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्