तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा एकै दिन थप ३ जनाको मृत्यु

नेपालगन्ज। कोरोना संक्रमणबाट बाँकेमा एकै दिन थप ३ जनाको मृत्यु भएको छ । बर्दियाका दुई पुरुष र दाङका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बाँसगढी नगरपालिका ८ का ३५ वर्षीय पुरुषको वेष्टर्न अस्पताल नेपालगन्ज र दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६४ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button