संघीयता कार्यान्वयनसँगै देश विकासमा जोडः मन्त्री भट्टराई
ताप्लेजुङ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले सरकारले देश विकासका काममा जोड दिएको बताउनुभयो ।
ताप्लेजुङको मिरिङदेन गाउँपालिकाको केन्द्र सुलुम्फिमा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग गरिएको अन्तरक्रियामा मन्त्री भट्टराईले संघीयता कार्यान्वयनसंगै सरकारले विकासका काममा जोड दिएको बताउनुभयो ।
जिल्लामा आगामी वर्षदेखि सबै पालिकामा कालोपत्रे शुरु हुने बताउनुहुदै मन्त्री भट्टराईले दुई वर्षभित्र जिल्लाका सबै वडामा केन्द्रिय विद्युत जडान गरिने समेत प्रतिवद्धता जनाउनुभयो ।
एक संघीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा २०७४ सालमा सम्पन्न निर्वाचनमा मन्त्री भट्टराई निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्