आज २८ सय १७ संक्रमित थपिए, मृत्यू हुनेको संख्या ११ सय नाघ्यो
काठमाडौं । कोरोना भाइरसबाट आज थप २ हजार ८ सय १७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज १२ हजार ३ सय ११ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा १ हजार ६ सय १५ जना पुरूष र १ हजार १ सय ६६ जना महिला गरी जम्मा २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा. डा. गौतमले दिनुभएको जानकारी आनुसार आज काठमाडौ उपत्यकामा मात्रै ८ सय २३ जना पुरूष र ७ सय १० जना महिला गरी १ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् ।
आज काठमाडौका १ हजार २ सय ९४, ललितपुरका १ सय ६२ र भक्तपुरका ७७ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।
यसैगरी आज थप २ हजार ८ सय १२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको र निको हुने दर ८१ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज देश भरमा गरी ३५ हजार ४ सय १९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये २९ हजार १ सय ९७ जना अर्थात् ८२ दशमलव ५ प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेका छन् भने बाँकी ६ हजार २ सय २२ जना मात्रै विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टर हरूमा रहेका छन् ।
अस्पताल भर्ना भई उपचार गराईरहेका संक्रमित मध्ये ३ सय ९८ जनाको आइसियु र ८२ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।
यस्तै कोरोना भाइरसबाट आज थप २१ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्