पूर्वी अछामका दुर्गम क्षेत्रमा यातायात पुर्याउने लक्ष्यः सांसद बोगटी
अछाम । अछाम जिल्लाका पूर्वी भेगका बिकट गाउँ भुलु र रहफका जनताका लागि आगामी दिनमा यातायात पुर्याउने लक्ष्य रहेको प्रतिनिधि सभा सदस्य यज्ञ बोगटीले बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा तुर्माखाँद गाउँपालिका संगठन कमिटीले आयोजना गरेको दशैतिहार तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सांसद बोगटीले आफु सधैं जनताको साथमा रहेको र कर्णाली करिडोर जस्ता सडक रहफका जनताका लागि महत्त्वपूर्ण भएको र अब छिट्टै यातायातको पहुँचमा पुर्याउन आफु कसरतरत रहेको उहाँले उल्लेख गर्नुभयो ।
साथैे ढुंगेश्वर–रहफ फेरीको काम ५० प्रतिशत सम्पन्न भएको र बाँकी काम छिटो छरितो सम्पन्न गर्न ठेकादारसंग पहल गर्ने र यसै आर्थिक बर्षभित्र फिरीको उद्घाटन गरि रहफका जनताको घरमा यातायात पुर्याउने आफ्नो लक्ष्य रहेको सांसद बोगटीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्