तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता बनाउनेको भिड

जिल्ला प्रशासन कार्यालयमा नागरिता बनाउनेको भिड

बझाङ । अरु बेला भन्दा जिल्ला प्रशासन कार्यालय बझाङमा अहिले नागरिकता बनाउनेको भिड बढेको छ । नागरिकता बनाउनेहरुको चाप बढी भएपछि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाट, राहदानी फाँटका कर्मचारीहरु बाहिर आगनमा बसेर सेवा दिन थालेका छन् ।

बिगतका दिनमा यस्तो भिडभाड थिएन जिल्ला प्रशासनकी कर्मचारी अन्जु गिरीले भन्नुभयो लकडाउन खुकुलो भए संगै अहिले शसस्त्र प्रहरी, नेपाल प्रहरीमा भर्ना खुल्नुका साथै बिभिन्न शैक्षिक संस्थामा समेत भर्ना खुलेको हुदाँ नागरिकता बनाउनेका चाप बढेको हो । उहाँका अनुसार अहिले दैनिक एक सय ५० भन्दा बढी सेवाग्रहीले सेवा लिई रहेका छन् ।

कोरोनाको महामारीका बेला सेवाग्राहीहरुको प्रशासनमा भिड लागे पछि कर्मचारीहरुलाई एकै ठाउँमा राखेर बाहिरबाट सेवा दिन लगाएको र सेवाग्राहीहरुलाई पनि सामाजिक दुरी कायम गरि लाइनबद्घ रुपमा राख्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट सेवाग्राहीले नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राहदानी, नाबालक परिचयपत्र लगायत अन्य सिफारिस लिने गरेका छन् ।

प्रहरी प्रशासनबाट नागरिकहरुलाई सामाजिक दुरी कायम गर्ने, माक्स लगाउने, सेनिटाईटर प्रयोग गर्ने भनिए पनि तर सेवाग्राहीहरुले भने व्यवस्ता गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button