सल्यानमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु

सल्यान । सल्यानमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ का एक पुरुषको घरमै मृत्यु भएको हो ।
आफ्रनै घरको आइसोलेसनमा बस्दै आइरहेका उनको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
अन्य रोगबाट विरामी भएका उनको केही दिन अघिमात्र स्वाब संकलन गरिएको थियो । मृतकको दाहसंस्कार गरी रहेकै अवस्थामा उनको कोरोना पोजेटिभ आएको थियो ।
प्रमुख व्यापारिक केन्द्र श्रीनगर एक हप्ता सिल
एक स्थानीयको कोरोना भाइरसबाट मृत्यु भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ ।
भाइरसबाट एक जनाको मृत्यु भएको, एक व्यापारी कोरोना भाइरसबाट सिकिस्त विरामी भएको र कोभिड–१९ का लक्षणसहित अन्य व्यक्तिहरु पनि फेला परेपछि एक साताका लागि बजार बन्द गरिएको छ ।
आइतबार देखि २९ गते सम्म शान्तिनगर, श्रीनगर, शितलपाटी देखि बेलघारीसम्म बिहान ६ बजेदेखि १० बजेसम्म बजार बन्द गरिएको शारदा नगरपालिका १ का वडा अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सामाजिक दुरी कायम गरी पसल तथा बैंकहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य सेवा, पेट्रोल पम्प बाहेक अन्य सम्पूर्ण सेवाहरु सो समय बाहेक अन्य समयमा बन्द रहने वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।








प्रतिक्रिया राख्नुहोस्