तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज पथलैया सडकखण्ड ठेकेदारको कारण ८ वर्षसम्म पनि बन्न सकेन

वीरगञ्ज । मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंजलाई सडक मार्गबाट सार्क क्षेत्रको व्यापारमा जोड्ने लक्ष्यका साथ सरकारले भारत र पुर्व पश्चिम राजमार्ग जोड्न निर्माण गरिरहेको ६ लेनको वीरगंज पथलैया व्यापारिक मार्ग विस्तारको काम ठेकेदारको लापरवाहीको कारण ८ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित ०६९ सालमा निर्माण थालिएको वीरगंज पथलैया ६ लेनको व्यापारिक मार्ग ४ बर्ष अगाडीनै सम्पन्न हुनुपर्नेमा हालसम्म निमार्ण सम्पन्न नहुंदा वीरगंज पथलैया औद्योगिक करिडोरका उधोगी व्यवसायीहरु प्रभावित भएका छन ।

२७ किलोमिटरको वीरगंज व्यापारिक मार्गलाई सडक विभागले ६ भागमा विभाजन गरेर छुट्टाछुट्टै ६ निमार्ण कम्पनीलाई जिम्मा दिएको थियो । ५ अर्ब ५० करोड लागतको पथलैया–वीरगन्ज सडक निर्माण गर्न प्रतिकम्पनीलाई झन्डै ६७ करोड बजेट छुट्याएको थियो । सबै कम्पनीसँग ०७३ असार २९ भित्र निर्माण सम्पन्न गर्न सम्झौता गरिएको थियो ।

व्यापारिक मार्ग निर्माणको जिम्मा एएमआर–कन्टेक जेभी, शर्मा–युनाइटेड बिल्डर्स–दिवा निर्माण सेवा, एएमआर–पप्पु–कन्टेक, श्रेष्ठ–बिरुवा–एपेक्स जेभी र पप्पु–लुम्बिनीले पाएका छन । सडक विभागका अनुसार निर्माण कार्यको जिम्मा पाएका ६ मध्ये केही कम्पनीले आधा काम मात्रै सकाएका छन । बाटो बनाउन खाल्टाखुल्टी बनाएर अलपत्र छाडेपछि मालबाहक गाडीलाई आवतजावतमा कठिनाइ भइरहेको छ ।

४ वर्षअगाडि नै निर्माण हुुनुपर्ने व्यापारिक मार्ग सम्पन्न नभएकाले उधोगी व्यवसायीहरुले समस्या भोग्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले बताउनुभयो । निर्माणाधीन व्यापारिक मार्ग विस्तारमा ढिलाइ हुँदै जाँदा यात्रुहरूलाई मात्रै नभई विभिन्न व्यवसायमा पनि असर परेको गुप्ताले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button