तपाईँ सुन्दै हुनुहुन्छः

निजी विद्यालय तिहारपछि खोल्ने प्याब्सन रुपन्देहीको निर्णय

रुपन्देही । लामो समयदेखि बन्द रहेका निजी विद्यालयहरू तिहारपछि खोल्ने प्याब्सन रुपन्देहीले निर्णय गरेको छ । आज बसेको प्याब्सन रूपन्देहीको बैठकले तिहारलगत्तै संस्थागत विद्यालय भौेतिक रूपमै सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यार्थीको सिकाइप्रक्रिया अवरूद्घ भएकोले सुरक्षित तरिकाले भौतिक रूपमै पठनपाठनको विकल्प नभएको भन्दै तिहारपछि सम्पूर्ण संस्थागत विद्यालय खुलाउने निर्णय गरिएको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो । उहाँले त्यसको आवश्यक तयारीमा रहन सम्बन्धित विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई आग्रह गरिएको बताउनुभयो ।

अध्यक्ष लेखनाथ पौडेलले विद्यालय सञ्चालन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण पालिकाहरू र सम्बन्धित सबैलाई अनुरोध गरेको बताउनुभयो । रूपन्देहीमा प्याब्सन आबद्ध २ सय ४० निजी विद्यालय रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button