तीन हप्तासम्म खुलेन कर्णाली प्रतिष्ठानको ताला
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासन र केन्द्रीय प्रशासन कार्यालयमा भएको तालाबन्दी तीन हप्ता बितिसक्दा पनि खुलेको छैन् ।
उपकुलपतिले एकल निर्णयबाट डिन नियुक्ती गरेको भन्दै कर्मचारीले प्रतिष्ठानमा तालाबन्दी गरेको २२ दिन बितिसक्यो तर ताला खुलाउन प्रतिष्ठानका पदाधिकारी नै मौन रहेका छन् ।
प्रतिष्ठानका उपकुलपतिले अनावश्यक कर्मचारी भर्ती गरेको भन्दै प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजले तालाबन्दी गरेका थियो ।
न त प्रतिष्ठानले आन्दोलनरत कर्मचारीसँग वार्ताका लागि कुनै पहल थालेको छ । नत डिन नियुक्तीनै खारेज गरेको छ । गत असोज २६ गते नै प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डिनमा प्रा डा मुनिराज क्षेत्रीलाई एकल निर्णयबाट नियुक्ति गरेका थिए ।
सोही नियुक्तिलाई खारेज गर्नुपर्ने कर्मचारीको मागसहित गरिएको तालाबन्दी तीन हप्तासम्म पनि खुलेको छैन । एकै विषयमा दुई डिन आवश्यक नपर्ने र प्रतिष्ठानलाई आर्थिक भार हुने भएकाले भर्ती केन्द्रका रुपमा प्रतिष्ठान नबनाउन र राज्यकोष दोहन रोक्न माग गरेका छन् ।
असन्तुष्ट पक्षले डिन नियुक्ति तत्काल खारेज गर्नुका साथै कोरोना उपचारमा खटिएका कर्मचारी र चिकित्सकको जोखिमभत्ता पनि तत्काल उपलब्ध गराउन माग गरेको छ । तीन हप्तादेखि तालाबन्दी हुँदा दैनिक कार्य सम्पादन ठप्प छ ।








प्रतिक्रिया राख्नुहोस्