तपाईँ सुन्दै हुनुहुन्छः

महिला पशु फर्ममा आगलागि हुँदा २३ लाख बराबरको क्षति

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ३ बरमझिया स्थित रहेको सप्तरी महिला पशु फर्ममा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ ।

बिहीबार बेलुका ५ बजेर ३० मिनेटको समयमा विद्युत सर्ट भएर आगलागी हुँदा एउटा गोठ , २० वटा खसी बाख्रा ,४० बोरा गाई वस्तुलाई खुवाउने दाना पुरै जलेर नष्ट हुँदा २३ लाख मूल्य बराबरको क्षति भएको र एउटा गोठमा आगलागी हुदै गर्दा स्थानिय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिन सफल भएको पशु फर्मका मनोज यादवले बताउनु भयो ।

नेपाल बैंक लिमिटेड कंचनपुर सप्तरीबाट २५ लाख ऋण लिएर बाख्रा पालन सुरु गरेको फर्मका प्रोपाइटर यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button