कोरोनाका कारण पाल्पामा थप दुई जना पुरुषको मृत्यु
पाल्पा । पाल्पामा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।
बिहिबार माथागढी गाउँपालिका–२ का ६६ बर्षीय पुरुष र तिनाउ गाउँपालिका–६ का ४४ बर्षीय पुरुषको मृत्यु भएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
दुबै जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
मृत्यु हुने दुबैमा अन्य रोग समेत भएकोे पन्थीले बताउनुभयो ।
६६ बर्षिय पुरुषको कार्तिक १८ गते र ४४ बर्षिय पुरुषको कार्तिक १९ गते स्वाब परीक्षण संकलन गरि बिहिबार रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्