घरमै चाडपर्व मनाउन अनुरोध

लहान । तिहार, छठ, कार्तिक शुक्ल पूर्णिमा लगायतका चाडवाडहरु शान्तिपुर्ण तरिकाले घरमै मनाउन जिल्ला प्रशासन कार्यालय सिरहाले आग्रह गरेको छ । भिडभाडले कोरोना महामारीको अवस्था झन बिग्रीन सक्ने भन्दै कार्यालयले सिरहावासीलाई संयमित रहि पर्व मनाउन अनुरोध गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलद्वारा हस्तारक्षित सुचनामा तिहार र छठमा पटाका, विस्फोटक पदार्थ तथा प्रज्जवलनशिल पदार्थको प्रयोगलाई निषेध गरिएको छ ।
दिपावलीमा दिप, लाईटर, सलाई जस्ता आगो जन्य वस्तु बालबालिकाबाट टाढा राख्न समेत अनुरोध गरिएको छ ।
त्यसैगरी मादक पदार्थको अवैध कारोबार, जुवातास माथि प्रतिबन्ध लगाईएको छ । बालबालिकालाई सवारी चलाउन नदिन साथै लाईसेन्स भएकहरुलाई समेत ट्राफिक नियमको पालना गरी गाडी चलाउन जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन दिईएको छ ।
सर्वसाधारणलाई सुरक्षा संग सम्बन्धित कुनै जानकारी भएमा नेपाल प्रहरीको फोन गर्दा पैसा नलाग्ने १०० वा सशस्त्र प्रहरीको मो. न. ९८५२८७५५७५ मा सम्पर्क गर्न भनिएको छ









प्रतिक्रिया राख्नुहोस्