तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरको चन्द्रगन्ज– राईखल्यान सडकको निर्माण कार्य सुरु

तुलसीपुर । दाङको तुलसीपुरको चन्द्रगन्जदेखि राईखल्यान जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ ।

राष्ट्रिय सभा सदस्य कोमल ओलीले वैद्धिक परम्परा अनुसार सडकको शिलान्यस गरेपछि सडकको निर्माण कार्य शुभारम्भ भएको हो ।

संघीय सरकारको ४० लाख लागतमा करिब १५ सय मिटर लम्बाई र ९ मिटर चौडाई रहेको सडकको निर्माण कार्य माघ मसान्त भित्र सम्पन्न गर्ने गरी विकास एण्ड विशाल निर्माण सेवाले डिभिजन सडक कार्यालय दाङसँग सम्झौता गरेको छ ।

पहिलो चरणमा ४ सय मिटर लम्बाई रहेको पक्की नाला निर्माण गरिने छ । दोस्रो चरणमा सडक कालोपत्रे गर्ने काम हुने सदस्य ओलीले बताउनुभयो ।

‘यो बर्ष कोभिड–१९ का कारण एक करोड भनेकोमा ४० लाख मात्रै आयो ,’ राष्ट्रियसभा सदस्य ओलीले भन्नुभयो –‘ अब करिब ३ करोड ल्याउने गरि तयारी संघीय मन्त्रालय र अर्थमन्त्रीसँग पनि कुरा चलिरहेको छ ।’

नेपाल कम्युनष्टि पार्टीको सरकार अब सबै कुरा छाडेर विकासलाई अघि बढाउने उद्देयका साथ अघि बढेको भन्दै सदस्य ओलीले दाङकै छोरी चेली भएकाले यो क्षेत्रका विकासका लागि लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button