उत्पादन नै समृद्धिको आधार : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको क्व्होलासोथर गाउपालिकाको भवनको सिलान्यास गनुभएको छ ।
बुधबार गृह जिल्ला पुग्नुुभएका मुख्यमन्त्री गुरुङले क्होलासोथर–२ मालिकङमा बन्न लागेको गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गर्नुभएको हो ।
गाउँपालिका भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले उत्पादन नै समृद्धिको आधार भएको बताउनुभएको छ ।
गाउघरमा बाँजो छाडिएका जग्गाहरुको उपयोग गरी व्यवसायीक रुपमा कृर्षि गरेर आत्मनिर्भर बन्नेतर्फ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आधुनिक ढङ्गले कृर्षि गर्न सके आत्मनिर्भर हुँदै कृर्षि उपजहरुको निर्यात गरी प्रशस्त आम्दानी गर्न सकिने र अन्तत समाज र प्रदेश समृद्ध हुने बताउनुभयो ।
प्रदेशमा पालिकाको भवन नहुँदा विभिन्न समस्या भइरहेकाले विभिन्न पालिकाहरुको भवन निर्माणमा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । प्रदेश सरकार सधंै भौतिक पूर्वाधार विकासमा प्रतिवद्धता रहेको समेत उहाँको भनाई थियो ।
मुख्यमन्त्री गुरुङले जनताको जीउ धनको रक्षा गर्नु प्रदेश सरकारको पहिलो दायित्व भएको भन्दै प्रदेशका नागरिकको मृटु, क्यान्सर, मृर्गौलालगायतका रोगको उपचार गर्नका लागि प्रदेशस्तरको अस्पताल बनाउन लागेको बताउनुभयो ।
त्यस्तै, गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको प्रशासकीय भवन नहुँदा विभिन्न समस्या झेल्दै आएको भन्दै भवन निर्माणसँगै नागरिकहरुको सेवा प्रवाहमा थप प्रभावकारी हुने विश्वास व्यक्त गनुभयो ।
गाउँपालिका भवनका निर्माणका लागि वडाध्यक्ष वुद्धि गुरुङले तीन आना जग्गा दान गनुभएको बताउनुहुँदै अध्यक्ष घलले गाउँपालिकाले १० लाख रुपैयाँमा अरु जग्गा खरिद गरी तीन रोपनी जग्गामा ३६ कोठाको तीन तले पक्की भवनमा निर्माण हुन लागेको बताउनुभयो ।
गाउँपालिकाका अनुसार चार करोड १९ लाख ७४ हजार ८४४ रुपैयाँ ४९ पैसामा गाउँपालिकाको भवन निर्माण हुने भएको छ ।
यस भवन निर्माणका लागि प्रदेश सरकारको साढे एक करोड र गाउँपालिकाको रु ७४ लाख रुपैयाँमा भवन निर्माण प्रक्रिया अघि बढेको छ । अपुग रकम प्रदेश सरकार र गाउँपालिकाले थप्दै जाने भएको छ । यस भवन निर्माणको जिम्मा रविना–अविसा–विकन– जेभी काठमाडांैले लिएको छ ।
विसं. २०७९ असोज ३० गतेसम्म भवनको निर्माण कार्य सक्ने गरी विसं. २०७७ असोज ३० गते यस जेभीले निर्माणको सम्झौता गरेको थियो ।
गाउँपालिकाको भवन निर्माण हुन लागेपछि स्थानीयहरु हर्षित भएका छन् ।
गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका प्रमुख सचेतक एवं प्रदेश सांसद मायानाथ अधिकारी, क्होलासोथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ नेकपा लमजुङ जिल्लाका पार्टी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्