तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजबाट १ हजार प्याकेट पटाकासहित ४ जना पक्राउ


वीरगञ्ज । तिहार भित्रिने क्रमसँगै बीरगंजबाट विष्फोटक पदार्थ पटाकासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पर्साको बीरगन्जसँग सीमा जोडिएको भारतीय सहर रक्सौलबाट अवैध रुपमा ल्याउँदै गरेको एक हजार प्याकेट पटाका सहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विष्फोटक पदार्थ पटाका ल्याउँदै गरेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलिले ना २ ह ३०४६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा पटाकासहित चार जनालाई पक्राउ गरेको हो ।

बीरगन्ज महानगरपालिका वडा नं १६ निवासी २० वर्षिय रन्जन कुमार साह, भारत बिहार रक्सौल निवासी २६ वर्षिय राज कुमार गुप्ता, २६ वर्षिय शैलेस कुमार चौरसिया र ३० वर्षिय अखिलेश प्रसाद चौरसियालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोट उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button