तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीको धनगढीमा आज थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका –५ का ९२ बर्षिय एक पुरुषको आज बिहान मृत्यु भएको हो ।कडा खालको निमोनिया लिएर कार्तिक १७ गते अस्पताल आएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button