७ जुवाडे पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारको एक होटलमा जुवा खेल्दै गरेको अवस्थामा सात जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाको नेतृत्वमा खटिएको टोली र इलाका प्रहरी कार्यालय बेलचातारका प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
खैरेनीटार चोकमा रहेको सापकोटा भवनमा जुवा खेलेका उनीको साथबाट नगद १ लाख ९७ हजार ९ सय ५० रुपैया र एक बुक तास समेत बरामद भएको जिप्रका तनहुँका प्रवक्ता युवराज तिमल्सेनाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा जिल्ला तनहुँ शु.ग.न.पा. ११ बस्ने दिपक श्रेष्ठ, दिपक बि.क, शंकर शर्मा, कमल थापा, ब्यास न.पा.१० बस्ने मोती कुमार श्रेष्ठ, जिल्ला बाग्लुङ ढोरपाटन न.पा.४ बस्ने टेक छन्त्याल र जिल्ला पर्वत बालकोट ४ बस्ने रबी गुरुङ रहेका छन् । उनीहरु विरुद्ध जुवा कसुर अन्तर्गत थप अनुसन्धान गरि कारवाही हुने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्