पातुखोलामा मल्टि स्पान ट्रस ब्रिज बन्ने

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल ओलीको पहलमा दाङमै पहिलो पटक तुलसीपुरको पातुखोलामा नयाँ प्रविधिको पुल बन्ने भएको छ । अटोभिलेजदेखि करिब २ सय मिटर उत्तर तर्फ तुलसीपुर उपमहानगरपालिका –५ र ९ नम्बर वडालाई जोड्ने गरी मल्टि स्पान ट्रस ब्रिज बन्ने भएको हो ।
त्यसका लागि दुई वडालाई जोड्ने गरी पातुखोलामा निर्माण गरिन लागिएको ब्रिजको सर्भे समेत गरिएको छ । ५८ मिटर लम्बाई रहेको ब्रिजमा अटो समेत आवतजावत गर्ने गरि नक्साङकन (डिजाइन) गरिने छ । त्यस क्षेत्रमा पुल नहुँदा सोही खोला भएर ओहोरदोहर गर्ने सयौ नागरिक बर्षातको समयमा जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् ।
ब्रिज निर्माणका लागि लागत स्टमेट तयार भएपछि यहि आर्थिक बर्षमै काम सुरु गर्नेगरि संघिय मामिला मन्त्रालयमा बजेटका लागि राष्ट्रिय सभा सदस्य ओलीले पहल गर्ने बिरबल खड्काले जानकारी दिनुभयो ।
‘ त्यहाँका स्थानीयले मलाई भेटेर माननिय ज्यु जसरी हुन्छ हामीलाई पुल बनाई दिनुप¥यो । बजार आउजाउ गर्न निकै समस्या भयो भनेर भन्नुभयो सदस्य वलीले भन्नुभयो– ‘म आफै गएर पनि हेरे । खोला एकदमै गहिरो पनि रहेछ । अत्यन्तै आवश्यकता देखेर निर्माणका लागि पहल थालेकी छु । ’
पातुखोलामा पुन नहुँदा ठूलो समस्या भोग्दै आएका स्थानीयले अटोभिलेजमा मात्रै हैन सोही बाटो भएर आवतजावत गर्ने हजारौ नागरिकहरु लाभान्वित हुने तुलसीपुर अटोभिलेज व्यवसायी समितिका उपाध्यक्ष पदम पोख्रेल जेठुकान्छुले बताए ।
ब्रिज निर्माणाका लागि करिब ५० लाख लाग्न सक्ने अनुमान गरिएको छ । सर्भेको क्रममा बबई गाउँपालिका उपाध्यक्ष साबित्रा विश्वकर्मा, नेकपाका युवा नेता केशव वली, बीर बहादुर वली, नेत्री जानका रेग्मी, सामाजिक अभियन्ता नहकुल केसी लगाएतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्