अमेरिकामा राष्ट्रपतिका लागि निर्वाचन सुरु निर्वाचन
काठमाडौं । अमेरिकामा आज नयाँ राष्ट्रपतिका लागि निर्वाचन सुरु भएको छ ।
निकै चाखपूर्ण र चर्चाको रुपमा हेरिएको आजको अमेरिकाको राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी नेता जो बाइडेनबिच कडा प्रतिस्पर्धा हुुनेछ ।
करिब १० करोड मानिसले यस अघि नै मतदान गरिसकेका भएपनि स्विङ स्टेट राज्यहरुमा रहेका मतदाताहरुले अन्तिम फैसला गर्नेछन् ।
समय र परिस्थतिसँगै रुझान बद्ल्ने राज्यहरुलाई त्यहाँ स्विङ राज्य भनिन्छ ।
अघिकाशं चुनावी सर्वेक्षणले डेमोक्रेटिक उम्मेद्धवार जो बाइडेनलाई अग्रस्थानमा रहेको देखाएपनि उम्मेद्धारबीच निकै नै प्रतिस्पर्धा देखिएको छ ।
अमेरिकाको राष्ट्रपति पदका लागि २ सय ७० इलेक्टोर प्राप्त गर्नु अनिवार्य मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्