तनहुँमा ८९ वर्षीय वृद्धसहित २३ जनामा कोरोना संक्रमण
तनहुँ । तनहुँमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको ऋषिङ गाउँपालिकामा ९ जना, भानु नगरपालिकामा ६ जना, व्यास नगरपालिकामा २ जना, भिमाद नगरपालिकामा २ जना र बन्दिपुर गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ ।
ऋषिङ–१ का ३२, ३५, ४१, ३०, ३२, ३१,२३, २६,२२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै भानु–२ का ४०, २७, २५ पुरुष, भानु–७ की ५२ वर्षीया महिला र ४६, २३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।
यसैगरी भिमाद–४ की २८ वर्षीया महिला र भिमाद–५ का ६३ वर्षीय पुरुषमा समेत संक्रमण भएको छ ।
त्यस्तै व्यास–५ की ८२ वर्षिया महिला र ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बन्दिपुर गाउँपालिकाको वडा नखुलेको २२, ३०, २७ र ८९ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्