भारतीय दुधुवा राष्ट्रिय निकुञ्जको जंगलमा नेपाली महिलाको शव फेला
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका संगै जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जंगलमा सोमबार नेपाली महिलाको शव फेला परेको छ ।
शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले बताउनु भयो ।
यद्यपि मृतक महिलाको साथमा नरू देवी कठायतको नाममा जारी नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको बताइएको छ । फेला परेको नागरिकताको प्रमाणपत्रमा उमेर ५५ वर्ष पुगेको, श्रीमानको नाम राजेन्द्र कठायत र ठेगाना साविक परासन गाविस ३ (हालको पुनर्वास नगरपालिका–८) उल्लेख रहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव भारतीय प्रहरीको निगरानीमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्