तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली ल्याइएका लाखौं मूल्यका सामान बरामद

जनकपुरधाम । भन्सार छलेर ल्याइएका लाखौँ मूल्य बराबरको सामान धनुषा प्रहरीले बरामद गरेको छ ।

धनुषा जिल्लाको विभिन्न स्थानबाट रसायनिक मल, कपडा र सेतोे मटर लगायतको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका हिजो विहान करिब ९ बजे विदेह नगरपालिका वडा नंं १ ठाडी घर भएका लालबाबु पञ्जियारको घरमा युरिया मल लुकाई छिपाई राखेको सूचना पाएपछि प्रहरीले छापा मारेर डिएपी ३९ र युरिया मल २९ बोरा गरी करिब एक लाख मूल्यको मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

बरामद भएको रसायनिक मल आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको छ ।

हिजै बिहानै प्रहरी चौकी गिद्धाबाट खटेको प्रहरीका गस्ती टोलीले विदेह नगरपालिका वडा नंं ५ वाट नेपालबाट भारततर्फ भन्सार छलेर चोरी निकासी गरी २ वटा मोटरसाईकलमा लाँदै गरेको अवस्थामा २ लाख १२ हजार मूल्य बराबरको १० बोरा बरामद गरेर आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोही दिन नगराईन नगरपालिका वडा नंं २ बाट भारतवाट अवैध रुपमा मोटरसाइलकलमा ८० हजार बराबरको विभिन्न किसिमको रेडिमेट कपडा र मोटरसाइकल गरी १ लाख ७० हजार बराबरको सामान बरामद गरी जनकपुर भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button