टिप्परको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

रुपन्देही । रुपन्देहीको भैरहवा–लुम्बिनी सडकखण्डको मतकलवामा टिप्परले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नम्बरको टिप्परले ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका ९ वर्षीय छोरा रघुबीर हरिजनको मृत्यु भएको हो ।
साथीसँग सडक छेउमा खेलिरहेका बालकलाई दु्रत गतिमा आइरहेको टिप्परले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालकलाई ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्यत्रण लिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्