नेकपाद्वारा मुकेश चौरसिया परिवारलाई सहयोग प्रदान
बीरगञ्ज । नेकपाका केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुले आज प्रसौनीभाठामा पुगी मुकेश चौरसियाको परिवारलाई सहयोग स्वरुप ५० हजार रुपैया सहयोग प्रदान गरेका छन् । नेकपा पर्साका सचिव विजय महतोको नेतृत्वमा गएको टोलीले चौरसिया परिवारलाई ५० हजार रुपैया नगद प्रदान गरेको हो ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठामा गत कार्तिक ६ गते आयोजित सपथग्रहण कार्यक्रममा भएको झडपमा मृत्यु भएका मुकेश चौरसियाको परिवारलाई आज नेकपाका केन्द्रिय तथा जिल्ला स्तरका नेता तथाकार्यकर्ताहरु घरमै पुगेर घटनामा संलग्न आरोपीलाई कारवाही गर्न आफूहरु लागि परेको आश्वासन दिएका थिए ।
सोअवसरमा नेकपाकी महिला नेतृ उर्मिला अर्याल, जिल्ला इन्चार्ज रामचन्द्र साह, पार्टी सचिव विजय महतो, छोटेलाल यादव, पिएल श्रेष्ठ, दिनेश राई, बालगोपाल थापा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यता पीडित परिवारले मुकेश चौरसियाको हत्यामा संलग्न मुख्य आरोपित राजकुमार गुप्ता सहित अन्य ९ जनालाई प्रहरीले पक्राउ गर्न चासो नदिएको भन्दै गुनासो गरेका थिए ।
अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दिएको तीन दिन बिति सक्दा पनि गुप्ता सहितका व्यक्तिहरु पक्राउ नपरेको पिडित परिवारको आरोप छ ।
गुप्तासहित अखिलेश चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, सञ्जय चौहान, हनिफ मियाँ, लक्ष्मण चौरसिया, देवा सहनी, शोकदिन गद्दीलगायत १२ जनाविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।
तीमध्ये हनिफ मियाँ, देवा सहनी र शोकदिन गद्दीलाई प्रहरीले घटना भएकै दिन कात्तिक ६ गते पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्